विश्व बैंकका अध्यक्षद्वारा अप्रत्यासित राजीनामाको घोषणा

विश्व बैंकका अध्यक्षद्वारा अप्रत्यासित राजीनामाको घोषणा

  • मङ्लबार, पुस २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् ।

जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । उनी ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए ।

५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन् । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

जिमले राजीनामाको कारण खुलाएका छैनन् । उनी विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ ।

जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् ।

विश्व बैंकको नयाँ अध्यक्षको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले लिने सम्भावना रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी