चीनीया राष्ट्रपतिद्धारा अमेरीकासगँको संभावित युद्धको तयारीमा लाग्न सेनालाई नर्देशन

चीनीया राष्ट्रपतिद्धारा अमेरीकासगँको संभावित युद्धको तयारीमा लाग्न सेनालाई नर्देशन

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चीनीया राष्ट्रपति सि जिन पिगंले अमेरीकासगँ बढ्दो व्यापार युद्ध र दक्षिणी चीनीया सागरमा देखिएको तनावका कारण कुनै पनि चूनौती आउन सक्ने भन्दै युद्धको तयारीमा लाग्न जनमुक्ति सेनालाई दिर्नेशन दिनु भएको छ ।
चीनको ७० औ स्थापना दिवस नजिकिएको सन्दर्भमा सेनालाई निर्देशन दिदै उहाले बढ्दो संकटबारे सतर्क रहदै युद्धको तयारी गतिविधि बढाउन राष्ट्रपतिले निर्देशन दिएको ग्लोबल टाईम्सले समाचार लेखेको छ ।
सैन्य आयोगको बैठकमा बोल्दै उहाले विश्व अहिले यस्तो ठूलो परिवर्तनको संघारमा देखिएको छ, जुन विगत सय वर्ष सम्म यस्तो देखिएको थिएन भन्दै जोखिम, संकट र चुनौती बढिरहेको भन्दै अब युद्धको सबै विकल्पका लागि जनमुक्ति सेना तयार रहनु पर्छ भन्नु भयो ।

अमेरीकाले चीनीया सागर तथा प्रशान्त महासागरमा सेन्य तैनाथी बढाईरहेको तथा ताईवानलाई हतियार बेच्ने जस्ता काम गरीरहेकाले चीनले उच्च सतर्कताका साथै सैन्य सुढृढीकरण गरीरहेको छ ।
साथै आउदो चीन स्थापनाको ७० औं वर्षगाँठमा ठूलो सैन्य परेड र युद्ध कला प्रदर्शन गर्ने पनि निर्णय सैन्य कमिसनले गरेको बताईएको छ ।
चीन बिश्वकै ठूलो सैन्य जनशक्ति भएको मुलुक हो । यसको २३ लाख बढी सेना क्रियाशील रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ