भारतमा कारखाना भत्ँिकदा सातको मृत्यु

भारतमा कारखाना भत्ँिकदा सातको मृत्यु

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

नयाँ दिल्ली, २० पुस . भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्ँिकदा सात व्यक्तिको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य आठ व्यक्ति घाइते भएका छन् । ती घाइतेहरूको दुई वटा छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्थानीय समयानुसार बिहीबार राति ९ः४५ मा ग्यासको सिलिण्डर विस्फोटको कारण कारखानाको पर्खाल भत्किएको थियो ।

सो घटनापछि प्रहरीले तत्काल उद्धारकार्य शुरु गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उद्धारकार्य शुक्रबार बिहानसम्म पनि जारी रहेको बताइएको छ ।

प्रहरीले के कति कारण सो घटना भएको यसको अनुसन्धान शुरु गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ