पूर्व निर्धारित कार्यक्रमविनै इराक पुगे अमेरिकी राष्ट्रपति ट्रम्प, के थियो भ्रमणको उदेश्य ?

पूर्व निर्धारित कार्यक्रमविनै इराक पुगे अमेरिकी राष्ट्रपति ट्रम्प, के थियो भ्रमणको उदेश्य ?

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौं, १२ पुस ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसर पारेर इराकमा रहेका अमेरिकी सैनिकसँग भेटवार्ता गरेका छन् ।
पूर्व निर्धारित कार्यक्रमविना नै क्रिसमसको दिन अबेर साँझ इराक पुगेका राष्ट्रपति ट्रम्पले अमेरिकी शैनिकहरुसँग झण्डै तीन घण्टा बिताएका थिए । सो क्रममा उनले इराकमा कार्यरत सैनिकले गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन गएको ह्वाइट हाउसले जनाएको छ ।
त्यसक्रममा ट्रम्पले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको समेत प्रतिकृया दिएको समाचार संस्था रोयटर्सले भनेको छ ।
मध्यपूर्वको रणनीतिमा मतभेद भएर केही दिन अघि रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएलगत्तै राष्ट्रपति ट्रम्पको यो भ्रमण भएको हो ।
ट्रम्पको साथमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प र अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टन पनि थिए ।
त्यस क्रममा सैनिकहरुले राष्ट्रपति ट्रम्पसँग सेल्फी पनि खिचेका थिए । इराकमा अहिले पनि कार्यरत अमेरिकाका करिव ५ हजार सैनिकले इराक सरकारलाई इस्लामिक स्टेटविरुद्धको लडाइँमा सहयोग गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ