अक्षर नै नचिन्ने नवनियुक्त मन्त्री, हातमा सपथपत्र बाेके तर पढ्नै सकेनन्

अक्षर नै नचिन्ने नवनियुक्त मन्त्री, हातमा सपथपत्र बाेके तर पढ्नै सकेनन्

  • बुधबार, पुस ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

छत्तीसगढ, पुस ११ । हालै सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेसले जित हासिल गरेपछि भारतको छत्तीसगढ राज्यमा भूपेश बघेलको नेतृत्वमा सरकार गठन भएको छ ।  बघेललाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

बघेलले मंगलबार मन्त्रिमण्डल गठन गरे । ९ सदस्यीय मन्त्रिमण्डलले मंगलबार सपथ लिएको छ ।

सपथग्रहण समारोहमा कवासी लखमाको नाम लिएर सपथका लागि जब मञ्चमा बोलाइयो, एउटा निरन्तरताको क्रमभंग भयो । भारतमा केन्द्रीय मन्त्रीको हकमा राष्ट्रपतिले र राज्यको मन्त्रीका हकमा राज्यपालले सपथको सुरुवाती शब्द पढेपछि बाँकी अंश सम्बन्धित मन्त्री आफैंले सपथपत्र पढेर पुरा गर्नुपर्ने परम्परा छ । तर, लखमा अशिक्षित भएका कारण उनले सपथपत्र पढ्न सकेनन् ।

भारतीय संचारमाध्यमका अनुसार बघेल सरकारमा लखमा एकमात्र यस्ता मन्त्री हुन्, जसले अक्षर नै चिन्दैनन् । पिछडिएको समुदायका उनले औपचारिक शिक्षा लिएका छैनन् ।

किसान परिवारका सदस्य उनी छत्तीसगढ राज्य गठन भएयता लगातार चुनाव जित्दै आएका छन् ।

राज्यपाल आनन्दी बेन पटेलले सपथका एक–एक शब्द आफैंले पढेर लखमालाई दोहोर्‍याउन लगाउँदै सपथ दिलाएकी थिइन् । यस क्रममा पनि लखमाले केही शब्द राम्ररी उच्चारण गर्न जानेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ