सुनामीमा परेर २० जनाको मृत्यु, १ सय ६५ जना घाइते

सुनामीमा परेर २० जनाको मृत्यु, १ सय ६५ जना घाइते

  • आइतवार, पुस ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी, ८ पुस ।  इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ भने १ सय ६५ जना घाइते भएका छन् ।  सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको  छ ।

सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्‍याएको छ ।

सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ ।

सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ