अमेरिकी पूर्वराष्ट्रपति ओबामा धोक्रो बोकेर अस्पताल पुगेपछि…….

अमेरिकी पूर्वराष्ट्रपति ओबामा धोक्रो बोकेर अस्पताल पुगेपछि…….

  • बिहिबार, पुस ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं ।

नेपालका भीआईपीहरु काे रवाफ थेगिनसक्नु छ । कहि निस्कनुपर्याे भने सर्वसाधारणकाे दैनिकि नै प्रभावित हुन्छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरु साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैलीका कारण   सर्वसाधारणका नजरमा अालाेचित पनि छन् ।

तर, अमेरीका जस्ताे शक्तिराष्ट्रका भीआईपीहरुकाे जीवनसैलीले सबैलाइ अचम्मित पार्ने गरेकेा छ । त्यहाँका भीआईपीहरु रवाफिलो भन्दा पनि सरल जीवन बाँच्छन् । उनीह समान्य कामहरू अाफै गर्छन् ।  जनताका दुःखमा हात अघि बढाउँछन् । राजनीतिलाई साँच्चै उत्तरदायी र सेवाको रुपमा उपयोग गर्छन् ।

यसैक्रममा  अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन् । जुन बिषय अहिले चर्चामा छ ।

सान्टा क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल पुगेका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा र्छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाएकाे बासिंटन पोस्टले लेखेको छ । ।  अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी  गर्नुका साथै आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई सहानुभूति पनि दिए।

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ