फ्रान्समा आन्दोलनले उग्ररुप लिएपछि पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

फ्रान्समा आन्दोलनले उग्ररुप लिएपछि पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् ।

इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि हिंस्रक आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम् पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् ।

प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे ।

उनले सन् २०१९ मा न्यूनतम् पारिश्रमिकमा प्रतिमहिना १ सय युरो बढाउने घोषणा गरे । उनले कम आय भएकाहरु माथिको कर वृद्धिको घोषणा पनि रद्द गरिदिएका छन्

त्यस्तै ओभरटाइम काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने पनि उनले जानकारी दिए ।

सम्बोधनका क्रममा राष्ट्रपति म्याक्रोनले फ्रान्सका सबै क्षेत्रका मेयरसँग भेटघाट गर्ने र जनताका मुद्दामा बहस गर्न प्रोत्साहित गर्नेसमेत बताए । .

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ