ब्यापार युद्दको बीच चीनले अमेरिकासंग नाफा कमायो

ब्यापार युद्दको बीच चीनले अमेरिकासंग नाफा कमायो

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

बेइजिङ, २२ मङ्सिर ।  चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ ।

चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

“यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,” तथ्याङ्कमा भनिएको छ ।

अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै बर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो । चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भएपनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दावी छ ।

सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो बर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ