राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

राजेस्थान, २१ मङ्सिर

भारतको राजस्थान र तेलङ्गना राज्यमा विधानसभाका लागि मतदान भएको छ ।

भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२.७ प्रतिशत र तेलङ्गनामा ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

राजस्थान राज्यमा मात्रै एकसय ९९ स्थानका लागि भएको निर्वाचनमा झण्डै दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए ।

राज्यका २०० निर्वाचन क्षेत्रमध्ये एकसय ९९ निर्वाचन क्षेत्रमा मात्र चुनाव भएको हो । बहुजन समाज पार्टीका उम्मेदवारको निधन भएका कारण अल्वार निर्वाचन क्षेत्रको चुनाव स्थगित भएको छ ।

निर्वाचनका लागि राज्यभरीमा ५१ हजार ६६७ वटा मतदान केन्द्र राखिएको चुनाव आयोगले जनाएको छ ।

शुक्रबार भएको निर्वाचनको मतगणना भने आगामी डिसेम्बर ११ तारिखमा मात्र हुने आयोगले बताएको छ ।

निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र कङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान गरिएको छ । यस चुनावमा दुवै पार्टीले कम्तीमा १०१ स्थान जित्ने दाबी गरेका छन् ।

सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले १६३ स्थान जितेर पूर्ण बहुमतको सरकार बनाएको थियो । कङ्ग्रेस २१ स्थानमा खुम्चिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी