तालिवानी धम्किपछि ‘लिटिल मेसी’को परिवारले देश छाडे

तालिवानी धम्किपछि ‘लिटिल मेसी’को परिवारले देश छाडे

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी, २१ मंसिर । अन्ततः तालिवानी विद्रोहीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले देश छाडेको छ ।

उनीहरू तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका थिए । लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि उनका परीवारले देश छोडेका हुन् ।

सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चामा आएका थिए ।

७ वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा प्रतिबन्धित हुनसक्ने अवस्था आएको बताए ।

सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भएका थिए ।

जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए । सोसल मिडियामा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए ।

त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।(एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ