जापानी आकाशमा अमेरिकी लडाकु बिमान जुझ्दा ६ सैनिक बेपत्ता

जापानी आकाशमा अमेरिकी लडाकु बिमान जुझ्दा ६ सैनिक बेपत्ता

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् ।

आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेका हुन् ।

जापनको समुद्री किनारबाट झण्डै ३ सय २० किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ ।

दुईटनास्थलबाट एक जना सैनिकको उद्दार गरिएको छ भने बाँकी ६  सैनिक हराईरहेका छन् ।

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । उद्धारका लागि जापानले पनि चार वटा विमान र तीन पानी जहाज परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ