रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा

रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा

  • सोमवार, मंसिर १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी, मंसिर १० ।
रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर उनीहरुलाई आफ्नो कब्जामा लिएको छ ।

यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् ।

रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि यो विवाद उत्पन्न भएको हो ।

घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको थियो । आजोव सागरको जलीय सीमा रुस र युक्रेनबीच बाँडिएको छ ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकाले आफ्नो देशको राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा परिषदको बैठकमा रुसी कदमलाई सनक युक्त कारबाहीको संज्ञा दिनुभएको छ ।

युक्रेनले जारी गरेको वक्तव्यमा रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाइते भएको बताएको छ । घटनाका सम्बन्धमा वार क्याविनेटको जरुरी बैठक बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएका छन् ।

रुसले भने युक्रेनको दाबीसम्बन्धमा अहिलेसम्म थप कुनै प्रतिक्रिया दिएको छैन । यसअघि रुसले युक्रेनको नौसेना गैरकानुनी तरिकाले आफ्नो जल सीमामा प्रवेश गर्ने गरेको अरोप लगाउँदै आएको थियो ।

यसैबीच युरोपेली संघले युक्रेनलाई कर्च हुँदै आजोव सागरको आफ्नो हिस्सामा जान रुसले रोक्न नहुने बताएको छ । नेटोले पनि यस घटनामा युक्रेनको समर्थन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ