चीन पाकिस्तान बस सेवा शुरु

चीन पाकिस्तान बस सेवा शुरु

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

पाकिस्तान र चीनबीच बस सेवा सुरु भएको छ । पाकिस्तानको लाहोरबाट चीनको कासगार सम्मको दुरी ३६ घण्टाको हुनेछ । सुविधा सम्पन्न बसको यात्राका लागि एक तर्फी टिकट झण्डै २१ हजार नेपाली रुपैयाँ लाग्नेछ । एक पटकमा २६ यात्रु सहित बस चीन जाने छ ।

परीक्षण यात्रा सफल भएपछि नियमित वस सेवा सुरु भएको हो । पाकिस्तानको लाहौर, ईश्लामवाद, गिलगित, बाल्टिस्तान हुँदै बस चीन प्रवेश गर्नेछ ।

बसमा यात्रा गर्दै चीन प्रवेश गर्न हवाई उडान मार्फत जस्तै भिषा लगायतका कागजात भने आवश्यक पर्नेछ । पाकिस्तानी ब्यवासायीलाई केन्द्रित बस सेवा सुरु गरिएको हो ।

ईश्लामवादबाट ८ घण्टा लाग्ने हवाई यात्रा भन्दा बस यात्रा निकै सस्तो पर्ने पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बन्दुकधारी सुरक्षाकर्मी समेत रहने बसमा अतिरिक्त चालक सहित सुत्नका लागी पलङको ब्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ