ताईवानी जनताले अस्वीकार गरे अन्तर्रा्ष्ट्रिय समलिङ्गी विवाहको प्रस्ताव

ताईवानी जनताले अस्वीकार गरे अन्तर्रा्ष्ट्रिय समलिङ्गी विवाहको प्रस्ताव

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी, मंसिर ९ ।
समलिङ्गी विवाहलाई मान्यता दिने सरकारी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

एसियामा समलिङ्गि विवाहलाई मान्यता दिने पहिलो मुलुक बन्ने ताईवानको योजना तत्काललाई विफल भएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१७ मा ताईवानको सर्वाेच्च अदालतले समलिङ्गि विवाहलाई मान्यता दिन संसदलाई निर्देशन दिएको थियो । सर्वाेच्चले संसदलाई समलिङ्गि विवाहलाई मान्यता दिन दुई वर्षेको अवधि प्रदान गरेको छ ।

जनमतसङ्ग्रह सँगै भएको स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टी पराजित भएपछि राष्ट्रपति साई ईङ्ग वेनले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले सन् २०१४ मा जितेको १३ वटा शहर र गाउँमा यसपटक पराजित भएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१६ मा राष्ट्रपति साईले सत्ता सम्हालेयता चीन सँग ताईवानको सम्बन्ध विग्रिएको छ । सन् १९९२ मा एक चीन नीति प्रति सहमती जनाएको ताईवानसँगको सम्झौतालाई मान्यता नदिने राष्ट्रपतिको निर्णयका कारण चीन सँगको सम्बन्ध चिसिएको छ । जसको नतिजा चुनावमा देपिखएको बिश्लेषण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ