मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

मलेसिया, ५ मङ्सिर।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ ।

यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न मुद्दामा छलफल भएको जानकारी दिइएको छ ।

‘हाम्रो लामो समयको समबन्ध रहेको छ । हाम्रो समस्या पनि उस्तै रहेको र यसको समाधानको लागि हाम्रो वार्ता जारी रहने छ । हाम्रीले विदेश लगानी, निजीकरण, आतङ्कवाद र खाद्यपदार्थको विषयमा पनि छलफल गर्ने छौ ’ मलेसियाली प्रधानमन्त्री महाथिरले बताउनु भएको छ ।

गत अगस्तमा पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका इमरान खानको सो पद सम्हालेयता मलेसियाको यो पहिलो भ्रमण हो । भष्टाचारविरुद्धको लडाईमा मलेसियाको प्रयासलाई आफूले पनि सिक्ने चाहाना भएको खानले बताउनु भएको छ ।

पाकिस्तानमा पर्यटन क्षेत्रको विकाश गर्न मलेसियासँग सहयोग लिने खानले बताउनु भएको छ । पाकिस्तानसँग पर्यटन क्षेत्रहरु त प्रशस्त रहेको तर पर्यटन स्थलको राम्रो विकाश नभएको खानले बताउनु भएको छ । पर्यटन स्थलको राम्रो विकाशपछि जिडिपी र प्रति व्यक्ति आय बढ्ने खानले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ