गुजरात दंगामा प्रधानमन्त्री मोदीलाई दिएको सफाईबारे आज सुनुवाई हुँदै

गुजरात दंगामा प्रधानमन्त्री मोदीलाई दिएको सफाईबारे आज सुनुवाई हुँदै

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी, मंसिर ३ ।
सन् २००२ मा भारतको गुजरातमा भएको साम्प्रदायिक दंगाका विषयमा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई दिईएको सफाइबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

अहिले भारतका प्रधानमन्त्री रहेका मोदीविरुद्ध कांग्रेसका पूर्व सांसद एहसान जाफरीकी पत्नी जाकियाले दायर गरेको रिटमा भारतको सर्वोच्च अदालतमा सोमबार सुनुवाई हुन लागेको हो ।

न्यायाधीश एएम खानविलकरसहितको इजलासले त्यसबेला मोदीलाई सफाई दिने विशेष अनुसन्धान दल एसआईटीको प्रतिवेदनमाथि शुक्ष्म अध्ययन गर्दै सुनुवाईका लागि आजको मिति तोकेको हो ।

एसआईटीले गुजरात दंगामा मोदीको विरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै सफाई दिएको थियो । त्यसविरुद्ध जाफरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सन् २००२ मा गुजरातमा भएको हिन्दु र मुसलमानबिचको दंगाका क्रममा झण्डै २ हजार जनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ