पत्रकार खशोग्जीको हत्याको टेप सुन्न सक्दिनः डोनाल्ड ट्रम्प

पत्रकार खशोग्जीको हत्याको टेप सुन्न सक्दिनः डोनाल्ड ट्रम्प

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्न सक्ने अवस्था नरहेकाे बताएका छन् ।

अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताएका हुन् ।

उनले कसैलाई यातना दिइएको टेप गरिएको श्रव्य सामग्री कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकाले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठिन मानेको बताए ।

श्रव्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयंकरका भएको उनको भनाइ थियो । ती सामग्री आफूलाई सुनाउन खोजिए पनि अस्वीकार गरेको उनले बताए ।

टर्कीले यी सामग्री अमेरिका, बेलायतलगायत पश्चिमी सहयोगी देशहरुलाई उपलब्ध गराएको थियो ।

खसोग्जीको हत्या गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलस्थित साउदी कन्सुलेटमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ