८ हजार चिकित्सकलाई स्वदेश फर्कन क्यूवा सरकारको निर्देशन

८ हजार चिकित्सकलाई स्वदेश फर्कन क्यूवा सरकारको निर्देशन

  • शनिबार, मंसिर १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी, मंसिर १ ।
ब्राजिलमा कार्यरत ८ हजार आफना चिकित्सकलाई स्वदेश फर्कन क्यूवा सरकारले निर्देशन दिएको छ । ब्राजिलको राष्ट्रपतिमा निर्वा्चित जेर बोल्सोनारोले चिकित्सकको योग्यता प्रति प्रश्न उठाएपछि क्यूवाले स्वदेश फर्कन निर्देशन दिएको हो ।

चिकित्सकको तलबको ७५ प्रतिशत क्युवाले राख्ने तथा परिवारको साथमा समेत नपठाउने ब्राजिलका नवनिर्वा्चित राष्ट्रपति बोल्सोनारोले आरोप लगाउनुभएको छ । बोल्सोनारोले आगामी जनवरीबाट कार्यकाल सुरु गर्नु अघी नै क्युबाले चिकित्सक फिर्ता गर्ने निर्णय गरेको हो ।

चिकित्सक फिर्तापछि ब्राजिलको ग्रामिण ईलाकामा स्वास्थ्य सेवा प्रभावित हुनेछन् । क्युबाले मुलुकको मुख्य आम्दानीका लागी चिकित्सकलाई अन्य मुलुकमा कामका लागी पठाउने गरेको छ ।

६७ देशमा कार्यरत चिकित्सकबाट क्युबा सरकारले बार्षिक ११ अर्ब डलर आम्दानी गर्दै आएको छ । स्थानिय चिकित्सक जान नमानेका ग्रामिण तथा गरिब बस्तीमा क्युबाली चिकित्सक कार्यरत छन् ।

कार्यकाल सुरु हुनु अघि नै आफ्नो अभिव्यक्तिका कारण राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य क्षेत्रको संकट सामना गर्नुपर्ने बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ