बेलायती प्रधानमन्त्री मेले राजीनामा नदिने

बेलायती प्रधानमन्त्री मेले राजीनामा नदिने

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी, कात्तिक ३० ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा नदिने स्पष्ट पार्नु भएको छ ।

ईयूबाट बेलायतको बहिर्गमन सम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गर्नु भएको हो ।

मेले ब्रेक्जिट सम्झौतालाई अन्तिम निष्कर्षमा पुगेको हेर्न चाहेको बताउनु भएको छ । संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री मेले आफुले छानेको बाटो देश र जनताको लागि सही निर्णय भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले ईयूबाट बाहिरिने सम्झौतामा बेलायतले आफ्नो कदम अघि नबढाए भोलिका दिनमा उत्पन्न हुन सक्ने नतिजाका बारेमा कसैले केही भन्न नसक्ने उहाँको धारणा थियो ।

बेक्जिटको निर्णय बेलायती जनता र राष्ट्रको हितमा रहेको भन्दै प्रधानमन्त्री मेले चाँडै नै सबैले यसको महत्वलाई बुझ्ने जिकिर गर्नु भयो । मन्त्रिमण्डलको बैठकमा बेक्जिट मुद्धाबारे लामै छलफल भएको थियो ।

त्यसलगत्तै केही मन्त्रीले पदबाट राजीनामा दिएका थिए । मन्त्रीहरुको राजीनामासँगै प्रधानमन्त्री मेविरुद्ध पनि अविश्वासको प्रस्ताव आउने चर्चा चलेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ