युरोपियन युनियन बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

युरोपियन युनियन बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी, कार्तिक २९ ।
ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपियन संघबाट बाहिरिने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो छलफल भएको थियो ।

प्रधानमन्त्री थेरेथा मेले यो अन्तिम निर्णय भएको बताउनु भयो । उहाँले यो निर्णय ब्रिटेनको हितमा भएको पनि दाबी गर्नु भयो । यसबाट रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने समेत उल्लेख गर्नूभयो ।

यसले ब्रिटेनलाई आफ्नो कानुनमा नियन्त्रण हासिल हुने प्रधानमन्त्री मेको भनाइ छ । प्रधानमन्त्री मेले युरोपीयन संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी आज संसदलाई गराउने बीबीसीले जनाएको छ ।

यस निर्णयलाई लिएर प्रधानमन्त्री मेको विरोध भइरहेको छ । विपक्षी पार्टीका केही मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

यसअघि ब्रसेल्समा आयोजित युरोपिय संघमा आवद्ध २७ देशका राजदूतहरुको महत्वपूर्ण बैठक ब्रेक्जिट सम्झौताको प्रस्तावित मस्यौदामा छलफल विनै सकिएको थियो ।

तर, अब ब्रिटेनको मन्त्रिपरिषदले गरेको निर्णयपछि ब्रेक्जिटमा युरोपीय संघको मध्यस्थकर्ता माइकल बार्नियरले यो दुवै पक्षको हितमा हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ