एजेन्सी, कात्तिक २८ ।
केबल न्यूज नेटवर्क (सीएनएन) ले आफ्ना वरिष्ठ पत्रकार जिम एकोस्टाको परिचय पत्र ह्वाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।
जिम एकोस्टा ह्वाइट हाउसका लागि सीएनएनका प्रमुख संवाददाता रहेका थिए, गएको हप्ता पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको ‘प्रेस हार्ड पास’ फिर्ता लिइएको थियो ।
सीएनएनले राष्ट्रपति कार्यालयले संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप लगाएको छ । मंगलबार वासिङ्गटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ ।
राष्ट्रपति ट्रम्पसँग चिफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्स पनि रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline