क्यालिफोर्निया आगलागीमा ३१ जनाको मृत्यु, २०० वेपत्ता

क्यालिफोर्निया आगलागीमा ३१ जनाको मृत्यु, २०० वेपत्ता

  • मङ्लबार, कार्तिक २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण ढडेलोबाट हालसम्म ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २०० जना अझै हराइरहेका छन् ।

राज्यका उत्तरी क्षेत्रमा आगलागीबाट मृत्यु भएका थप ६ जनाको शब फेला परेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीबाट भएको यो क्षति सन् १९३३ मा लस एन्जल्सस्थित ग्रिफिथ पार्कमा भएको क्षतिको बराबर हो । सो राज्यका करिब २ लाख ५० हजार सर्वसाधारणलाई आगलागीका कारण अन्यत्र सार्नुपरेको छ ।

क्यालिफोर्नियाका गर्भनर जेरी ब्राउनले यो क्षतिलाई राज्यको मुख्य क्षतिको रुपमा घोषणा गरेर संघीय सरकारबाट आपतकालीन सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियामा आगलागी नियन्त्रणका लागि राम्रो व्यवस्था गर्न नसकेको आरोप लगाउँदै सो राज्यलाई दिँदै आएको सहयोग रकम कटौती गर्ने चेतावनी दिएको भोलिपल्टै गभर्नरले सो आग्रह गरेका हुन् ।

आपतकालीन समूहले आगलागीमा परेका करिब ६ हजार ७०० अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्ट, घर तथा व्यापारिक क्षेत्रमा अवशेषमात्रै बाँकी रहेको जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ