खसोग्गीको हत्याबारे आएको फ्रान्सेली विज्ञप्ति ‘अस्वीकार्य’: टर्की

खसोग्गीको हत्याबारे आएको फ्रान्सेली विज्ञप्ति ‘अस्वीकार्य’: टर्की

  • सोमवार, कार्तिक २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

टर्की, २६ कात्तिक  । 

पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणमा आफ्ना राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘राजनीतिक खेल’ खेलेको भनी फ्रान्सका विदेशमन्त्री जाँ एभेस ले ड्रियनले लगाएको आरोप स्वीकार्य नहुने टर्कीले सोमबार जनाएको छ ।

“हामीले साउदी अरबका नागरिक तथा अमेरिकी समाचार संस्था ‘वासिङ्टन पोष्ट’ का स्तम्भकार खसोग्गीको हत्या प्रकरणमा टर्कीका राष्ट्रपतिले ‘राजनीतिक नाटक मञ्चन’ गरेको भनी विदेशमन्त्री एभेसले लगाएको आरोप आफुहरूलाई कदापि स्वीकार्य हुने छैन,” टर्कीको राष्ट्रपती कार्यालयका सूचना निर्देशक फारेटिन अल्तुनले एएफपीसँग बताउनुभयो ।

“यो कुरा नविसौँ कि यदि टर्कीले उक्त मुद्दालाई बाहिर ल्याउन नसघाएको भए खसोग्गीको हत्या प्रकरण उहिल्यै ढाकछोप गरिने थियो । यो विदेशी पत्रकारको न्यायका लागि टर्कीले देखाएको ऐक्यवद्धता हो ।”

खसोग्गीको हत्या प्रकरणमा राष्ट्रपति एर्दोआनलाई जोडिनु निन्दनीय भएको जनाउँदै यस बिषयमा फ्रान्ससँग कुटनीतिक मर्यादा अनुसार जवाफ माग्ने टर्कीले जनाएको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ