जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता

जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता

  • सोमवार, कार्तिक १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

याङ्गुन, १९ कात्तिक । 

काराबास सजाय भोगी रहेका म्यानमारका दुई पत्रकारले सोमबार पुनरावेदनका लागि निवेदन दर्ता गराएका छन् ।
सात बर्ष जेल सजाय सुनाइएका रोयटर्सका लागि कार्यरत ती पत्रकारहरूले आफुहरुको फैसला उल्ट्याउन माग गर्दै निवेदन दर्ता गरेका हुन् ।
रोहिङ्ग्याका बारेमा उनीहरुले लेखेको समाचारको विषयलाई लिएर सरकारी पक्षले असन्तुष्टी जनाउदै उनीहरुलाई काराबास सजाय दिएको थियो ।
कारावास सजाय भोगिरहेका ३२ बर्षीय वा लोन र २८ बर्षीय क्याव सोए ओलाई राज्यको गोपनीयता विपरित काम गरेको आरोप लगाइएको छ ।
गत सेप्टेम्बरमा उनीहरूले रोहिङ्ग्याहरु माथि सेनाले ज्यादती गरेको र कतिपयलाई अनाहकमा पारेको समाचार प्रकाशन गरेका थिए ।
रोयटर्सका अध्यक्ष तथा प्रधान सम्पादक स्टेफन जे अडलेरले प्रमाणहरुलाई शासकहरुले वेवास्ता गरेको र गलत टिप्पणी गरेको बताउनु भएको छ ।
थुन्नु पर्ने कारण विना नै उनीहरुलाई थुनिएकाले तत्काल रिहा गर्न माग गर्दै निवेदन दर्ता गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हालेको भन्दै म्यानमारकी नेतृ आङ्साङ सुचीको आलोचना भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ