फ्रान्स अधिनस्थ न्यू क्यालेडोनियामा भएको जनमत संग्रहमा एकीकृत फ्रान्सकै पक्षमा जनमत

फ्रान्स अधिनस्थ न्यू क्यालेडोनियामा भएको जनमत संग्रहमा एकीकृत फ्रान्सकै पक्षमा जनमत

  • सोमवार, कार्तिक १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एजेन्सी, कात्तिक १९ । फ्रान्स अधिनस्थ रहँदै आएको प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनिया फ्रान्समै रहिरहने अथवा स्वतन्त्र हुने विषयमाथि न्यू क्यालेडोनियामा गरिएको जनमत संग्रह एकीकृत फ्रान्सकै पक्षमा आएको छ ।

मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए । त्यसैगरी ४३.६ प्रतिशत मतदाताले भने स्वतन्त्र मुलुकका रुपमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए ।

क्यालेडोनियामा १ लाख ७५ हजार मतदाता छन् । मतदानमा ८१ प्रतिशत नागरिक सहभागी भएको बताइएको छ । कानक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमतिअनुसार जनमत संग्रह गरिएको हो ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा धन्यवाद दिएका छन् । उनले जनमतसंग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहने गरी निर्णय आएकोमा खुसी व्यक्त गर्दै यो सबैको गौरवको विषय भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ