पूर्व नर्सद्वारा एकसय बिरामीको हत्या गरेको स्वीकारः भन्छन्- बचाउन खाेज्दा ज्यान गयाे

पूर्व नर्सद्वारा एकसय बिरामीको हत्या गरेको स्वीकारः भन्छन्- बचाउन खाेज्दा ज्यान गयाे

  • बुधबार, कार्तिक १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी। जर्मनीकी पूर्व नर्स निएल्स होएगलले आफ्नो जिम्मेवारीमा रहेका १ सय बिरामीको हत्या गरेको स्विकार गरेका छन् ।आफूमाथि लागेको अभियोगमाथि अदालतमा भएको पहिलो सनुुवाईमै होएगलले औषधिको अधिक मात्रा दिएर विरामीको हत्या गरेको स्विकारेका हुन् ।

अन्य बिरामीको हत्या गरेको अभियोगमा यसअघि नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगलले बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिन्छ भन्ने विश्वासमा आफूले औषधिको अधिक मात्रा दिएको स्विकारेका हुन् ।

तर औषधिको मात्रा घटबढ गर्नुलाई जर्मनीको स्वास्थ्य कानुनले अवैध मान्दछ ।अभियोजनकर्ताका अनुसार आरोपित पूर्व नर्स काम गर्ने जर्मनीको उत्तरी सहर ओल्डेनबर्गमस्थित एक अस्पतालमा ३६ बिरामी मारिएका थिए ।

यसैगरी नजिकैको एक क्लिनिकमा सन् २००० देखि २००५ को बिचमा ६४ जना बिरामीको हत्या गरिएको थियो ।आरोपित नर्स होएगलको जिम्मामा रही उपचारको क्रममा मारिएका १ सय ३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ