कर्णाली प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक पारित

कर्णाली प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक पारित

  • मङ्लबार, कार्तिक १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

सुर्खेत, १३ कात्तिक।

कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत गरिएको हो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक प्रस्तुत गर्नुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

विधेयक पारित 

कर्णाली प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक पारित भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनका लागि बनेको विधेयक पारित गरियोस भनि प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत पारित भएको हो । कर्णाली प्रदेशका गाँउसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ