वीरगञ्ज १८ कार्तिक । पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न किसिमका पटाका तथा विस्फोटकजन्य सामग्री प्रहरीले बरामद गरी नष्ट गरेको छ।
कार्यालय तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति र समयमा विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएका करिब ७ लाख रुपैयाँ बराबरका अवैध पटाका नष्ट गरिएको हो।
कार्यालयले उपलब्ध गराएको विवरणअनुसार बुधबार (कात्तिक १८ गते) बिहान करिब ११ बजे सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यालय परिसरमै खाल्डो खनी बरामद गरिएका पटाका तथा विस्फोटकजन्य सामग्री पुरी नष्ट गरिएको जनाएको छ।
नष्ट गरिएका सामग्रीमा नागिन, ग्राउन्ड चक्कर, इलेक्ट्रोनिक स्पार्क, गुनगुन, कलरफुल ३० सट, लभ्ली लेजेन्ड्स, स्टार नाइट, गनगन, जय रानी, चक्र सेट, स्पाइडर बिग, ग्राउन्ड चक्कर, र्याम्पेज सेट, बम, बाहुबली, फ्लावर पट्स, स्पाइनल डिलक्स, थ्री डीएन इलेक्ट्रिक तथा बुलेट बमलगायत १९ प्रकारका पटाका रहेका छन्।