काठमाडौँ। पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा एक नाबालकसहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।
अध्यागमन कानुन उल्लङ्घन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराएर निष्कासन गर्ने निर्णय गरिएको हो। साथै, उनीहरूलाई आगामी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्धसमेत लगाइएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूले पर्यटक भिसाको विपरीत कार्य गरेको पाइएको अध्यागमन विभागले जनाएको छ।
निष्कासनमा पर्नेहरूमा अमेरिकी ५ जना, क्यानाडाका ३ जना र ब्राजिलका २ जना नागरिक रहेका छन्। निष्कासित हुनेहरूमध्ये एक जना नाबालकसमेत छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline