दक्षिणपन्थी नेता जेयर बोलसोनारो ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

दक्षिणपन्थी नेता जेयर बोलसोनारो ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी, १२ कार्तिक । ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् ।दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे ।

सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् ।

उनले चुनावका क्रममा आपराधिक गतिविधि तथा हत्याको दर कम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि उनले गर्दै आएका छन् ।

तर गर्भपतन, जातिवाद, आप्रवासन, समलिंगी तथा बन्दुक स्वामित्वसम्बन्धी कानुनबारे उनले जनाएका उक्साउने खालका टिप्पणीहरुका कारण उनको आलोचना हुने गरेको छ ।

निर्वाचन प्रचारका क्रममा बोलसोनारोमाथि चक्कु प्रहारसमेत भएको थियो ।

जसका कारण उनको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो र उनलाई तत्काल शल्यक्रिया गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ