सबै यहुदीहरुले मर्नुपर्ने भन्दै गाेली चलाउँदा ११ जनाकाे मृत्यु

सबै यहुदीहरुले मर्नुपर्ने भन्दै गाेली चलाउँदा ११ जनाकाे मृत्यु

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ११ कार्तिक । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा एक जना व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले बताएका छन् ।

यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् । पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो । गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ । गोली चलाउने व्यक्तिलाई पनि घाइते अवस्थामा नियन्त्रणमा लिइएको र उपचार भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई भयानक हमला भएको टिप्पणी गरेका छन् । उनले पछिल्ला केही वर्ष यता पटकपटक हुने यस्ता घटनाले लज्जित तुल्याएको समेत बताएका छन् । उनले हमला गर्नेलाई पागलको संज्ञा दिँदै कानुनलाई अझ सशक्त बनाउन सुझाव दिएका छन् । -एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ