राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा संवैधानिक संकट

राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा संवैधानिक संकट

  • शनिबार, कार्तिक १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक संकटको स्थिति देखिएको  छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी नयाँ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति राजपाक्षेलाई नियुक्त गरेका हुन् ।

यसलाई श्रीलंकाको राजनीतिमा नाटकीय घटनाको रुपमा लिइएको छ ।

विक्रमासिंघेले भने संसद्मा आफ्नो बहुमत रहेको र बहुमत रहेसम्म आफूनै प्रधानमन्त्री रहीरहने बताएका छन् । सरकारका प्रवक्ता रजिताले सेनारत्नेले पनि विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् ।

महिन्द्रा राजपाक्षेले ट्वीटर एकाउन्टमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाका प्रधानमन्त्री उल्लेख गरेका छन् ।

जबकी रनिल विक्रमासिंघेको ट्वीटर प्रोफाइलमा पनि आफू नै प्रधानमन्त्री भएको उल्लेख छ ।

सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा सिरिसेनाले राजपाक्षेलाई पराजित गरेका थिए ।

राष्ट्रपति सिरिसेनाले उहाँको पार्टी युनाइटेड नेसनल फ्रिडम एलाइन्स र रनिल बिक्रमासिंघेको युनाइटेड नेसनल पार्टीबीचको गठबन्धन समाप्त भएको घोषणा गरेलगतै प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा संघर्ष चल्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ