यौन उत्पीडन गरेको आरोप लागेका ४८ कर्मचारी हटाइए

यौन उत्पीडन गरेको आरोप लागेका ४८ कर्मचारी हटाइए

  • शुक्रबार, कार्तिक ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी, कार्तिक ९ । गुगल कम्पनीले यौन उत्पीडन गरेको आरोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ ।

सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निस्कासन गरेको हो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुर्व्यवहारको आरोपमा यो कडा निर्णय गरिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । जसमा एन्ड्रोइड निर्माता एन्डी रुविनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदाइ गरिएको उल्लेख थियो । तर, रुविनका प्रवक्ताले भने यो आरोपलाई अस्वीकार गरेका थिए ।

रुविनले सन् २०१४ मै कम्पनी छाडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार त्यस बेला उनलाई भव्य पार्टी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृत पिचईले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा धेरै कष्ट भएको र यसबारे गुगल गम्भीर रहेको उल्लेख गरेका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तयार रहेको बताएका छन् ।

उनले यौन उत्पीडनको आरोपबारे अनुसन्धान गरेपछि नै कर्मचारी निस्कासनको फैसला गरिएको जिकिर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ