हुलाकमार्फत् ओबामा र हिलारी क्लिन्टनलाई विस्फोटक पदार्थ !

हुलाकमार्फत् ओबामा र हिलारी क्लिन्टनलाई विस्फोटक पदार्थ !

  • बिहिबार, कार्तिक ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं , ८ कार्तिक । अमेरिकाका पूर्व विशिष्ट पदाधिकारी तथा सञ्चारमाध्यमहरुलाई अज्ञात समूहले हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको खुलासा भएपछि अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अज्ञात समूहले विस्फोटक पदार्थ पठाएको सार्वजनिक भएपछि एफबीआईले उच्च प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको हो ।
त्यसैगरी अमेरिकी टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएको थियो । अमेरिकी वरिष्ठ अधिकारीहरुलाई पठाइने चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकले विस्फोटक पदार्थ रहेको पत्ता लगाएपछि एफबीआईले अनुसन्धान थालेको हो । त्यस्तो विस्फोटक पदार्थ कहाँबाट पठाइको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।
अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले अक्टोबर २३ मा पूर्वविदेशमन्त्री क्लिन्टनको नाममा विस्फोटक पदार्थसहितको पत्र आएको जनाएको छ । त्यसैगरी अक्टोबर २४ मा त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको पाइएको थियो । त्यसलाई सिक्रेट सर्भिसका अधिकारीहरूले वासिङ्टन डिसीमा बरामद गरेका थिए । पार्सल गरिएका दुवै वस्तु लक्षित ठेगानामा पुग्नु अघि नै नियन्त्रणमा लिइएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनताको सुरक्षा आफ्नो उच्च प्राथमिकता रहेको भन्दै आतंक सिर्जना गर्नेहरुलाई अमेरिकामा स्थान नरहेको चेतावनी दिनुभएको छ । यस्तै न्यूयोर्कका मेयर बिल डे ब्लासियोले अमेरिकी उच्च अधिकारी तथा सञ्चारमाध्यममा विस्फोटक पदार्थ पठाउनेहरुलाई आतंकवादसम्बन्धी कानुनअनुसार कारबाही गरिने बताएका छन् ।-एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ