पाकिस्तानका लागि २२ औ प्रधानमन्त्रीको रुपमा क्रिकेट बाट राजनीतिमा उदाएका ईमरान खानले प्रधानमन्त्रीमा शपथ खानु अघि भारतले बधाई दिएको थियो । खानले पनि भारतसगँ सहकार्यमा जोड दिए । उनले आफ्नो शपथ कार्यक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीलाई समेत बोलाउने बताईएको थियो । तर पछि सो कार्यक्रम रद्ध भयो ।
पहिल्यै देखि युद्धउन्मुख परिस्थितिबाट गुज्रिरहेका दुई मुलुकले खानको उदय पछि शान्तिपूर्ण सम्बन्ध विकास हुन सक्ने अपेक्षा गरेका थिए ।
तर पछिल्लो समय दुवै मुलुक एक अर्का विरुद्ध वर्ड वार ( शाब्दिक युद्ध ) तर्फ धकेलिएका छन् । खास गरी कास्मीरको विषयलाई लिएर ।
२२ अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्रीले पहिलो पटक भारतले कास्मीरमा निर्दोष मान्छेको हत्या गर्ने नयाँ श्रृखला शुरु गरेको भन्दै उसले सम्झिनु पर्छ कि राष्ट्रसघीय सुरक्षा परिषद् र कास्मीरी जनताको भावना अनुसार कास्मीर मुद्धा समाधान हुनु पर्छ भनेर ट्रवीट गरेका थिए ।
त्यसको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पाकिस्तानले अर्को देशको चासो लिनुको सट्टा आफ्नो देश भित्रको काममा लाग्न भन्दै ट्वीटरको विरोध गरे ।
उनले पाकिस्तानले आतकबादलाई सहयोग गरेको र ती आतकवादीहरुले भारतमा हमला गरीरहेको जिकिर गरे ।
पछिल्लो साता कास्मीरमा ३ शसस्त्र लडाकु तीन भारतीय सेना र ६ जना सर्वसाधारणको हिशामा मृत्यु भए पछिको टिप्पणी हो ।
सन् २०१७ मा कास्मीरका नेता बुरहान बानीको हत्या भारतीय सुरक्षाकर्मीले गरे पछि दुवै देशबीचको सम्बन्ध थप चिसो भएको हो ।
भारतले नियन्त्रणमा लिएका बहुसंख्यक कास्मीरी जनता भारतकै विरुद्धमा छन् र उनीहरु भारतीय नियन्त्रणबाट मुक्त हुन चाहन्छन् त्यसैको फलस्वरुप उनीहरु हिशात्मक गैर हिशात्मक बाटोबाट विरोध गरीरहेका छन् ।
तर भारत कास्मीर गुमाउन चाहदैन त्यसैले उसले ७३३ किलो मिटर बोर्डर सहित कास्मीरमा मात्रै सात लाख सेना तैनाथ गरेको छ ।
तर पाकिस्तान कास्मीरी मुस्लिम जनताको भारत विरोधी भावना र स्वतन्त्र हुने विषयको सम्मान गर्दछ । दुवै देशबीच परीरहेको टक्करको मुख्य कारण पनि यही हो ।
तर भारत र पाकिस्तानले शान्तिपुर्ण सहकार्यबाट कास्मीरको समाधान नगर्ने हो भने उनीहरुको तनावपूर्ण सम्बन्ध दीर्घकालीन समस्याको जड बन्ने छ ।
यसैबीच साउदीमा सम्पन्न लगानी सम्मेलनमा भाग लिन गएका खानले भारतलाई शान्तिको प्रस्ताव राखे पनि उसले अस्वीकार गरिदिएको तर अब २०१९ को लोकसभाको निर्वाचन पछि भारतसगँ एक पटक फेरी शान्तिको हात अघि बढाउने बताए ।
उनले साउदीबाटै भने कि दुवै देशले हतियारको होड छाडेर ससाधनलाई मानव विकासमा लगाउने हो भने ठूलो उपलव्धि हुने बताए । साथै अफ्गानिस्तानसगँ पनि शान्तिका लागि प्रयास गर्ने उनको भनाई छ ।
दुबैदेशले शान्तिपूर्ण रुपमा सम्बन्ध अघि बढाउने हो भने दक्षिण एशियाली अस्थीरता अन्त्य हुन सहज हुने विस्वास विज्ञहरुको छ ।