पत्रकार खासोग्गीलाई साउदी दुतावास भित्र छिरेको सात मिनेटमै मारेर अंग टुक्रा टुका पारेर गायब पारेको खुलासा

पत्रकार खासोग्गीलाई साउदी दुतावास भित्र छिरेको सात मिनेटमै मारेर अंग टुक्रा टुका पारेर गायब पारेको खुलासा

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

अक्टोबर २ मा ईस्तानवुल स्थित साउदी अरबको बाणिज्य दुतावासमा छिरेको दुई मिनेट भित्रै पत्रकार खासोग्गीमाथि आक्रमण गरिएको र सात मिनट भित्र उनको मृत्यु भएको टर्कीले दावी गरेको छ ।
सिसिटीभी फुटेज सहित सबै विवरण सार्वजनिक गर्ने क्रममा टर्कीका अनुकारीहरुका अनुसार खासोग्गीको मृत्यु भए पछि पनि उनका अंगहरु टुक्रा टुक्रा पारेर रगतको होली खेलिएको थियो ।
आखिर खासोग्गीको शबका टुक्राहरु कहा छन् ? साउदी अरबले स्पष्ट पार्न सकेको छैन ।
उनको हत्या गर्ने साउदीका अधिकारीहरु दुई घण्टा भित्र हत्या गरीसकेर निस्केर हिडेका थिए ।
न्यूयोर्क टाईम्समा छापिएको रिपोर्ट अनुसार खासोग्गी दुतावासबाट बाहिर गए भने जस्तो देखाउनलाई उनको डबल बडीको व्यवस्था गरिएको थियो ।
खासोग्गीको हत्या गरे पछि एक जना साउदी एजेण्ट खासोग्गी जस्तै लुगा लगाएर सडकमा निस्किएका थिए । तर जुत्ता फरक परेकाले उनको पहिचान सजिलै भएको थियो । केहीबेर पछि उनले कपडा खोलेर हिडेका थिए । कपडा, दाह्री, चस्मा लुगा दुरुस्तै बनाए पनि जुत्ता फरक परेको अखबारको दावी छ । मुस्ताफा अल मदनी हत्याका लागि दुतावासमा गएको र उनले खासोग्गीलाई मारे पछि लुगा सबै खासोग्गीको जस्तै लगाए पनि जुत्ता फेर्न बिर्सिएका थिए ।
खासोग्गी कालो जुत्ता लगाएर दुतावास गएका थिए । जब कि उनी स्पोर्टस जुत्ता नै लगाएर बाहिरिएका थिए ।
साउदी अरबले राज्य शक्तिको परिचालन गरेर पत्रकारको यसरी गरको हत्या र झुट्टा प्रचार गर्दे भ्रम छरे पनि सत्य बाहिरीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ