चीन र रुसलाई तह लगाउन परमाणु हतियार बनाउने ट्रम्पको धम्की

चीन र रुसलाई तह लगाउन परमाणु हतियार बनाउने ट्रम्पको धम्की

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफूहरुले परमाणु हतियार बनाउने जिकिर गरेका छन् ।
उनले रुसले परमाणु सन्धिको उलंघन गरेको दावी गर्दै अमेरीकाले पनि परमाणु हतियार बनाउने पत्रकारहरुसगँको कुराकानीमा बताए ।
उनले अमेरीकासगँ खेल खेल्न चाहने चीन र रुसमाथि दवाव बढाउन यस्तो हतियार बनाउने धम्की दिएका हुन् ।
शीत युद्ध समाप्तिका लागि भएको ईन्टरमिडियम रेन्ज मिसाईल ट्रिटी १९८७ मा भएको थियो । जसले परमाणु हतियार निर्माण नगर्ने र प्रसार नगर्ने एवं भएका परमाणु हतियार नष्ट गर्दै जाने समझदारी बनेको थियो ।
जब सम्म मान्छेको होस आउदैन तब सम्म अमेरीकाले हतियार बनाउछ ट्रम्पले भने ।
रुसी भ्रमणमा रहेका अमेरीकी दुत जोन बोल्टनले अमेरीकाले यो सन्धिबाट अलग्गिदा अप्रसार व्यवस्थामा धक्का लाग्ने भन्दै चिन्ता जनाएका छन् ।
संसारभरबाट आलोचना भईरहदा ट्रम्पको यो धम्की निरन्तर आए पछि रुसले पनि यदी अमेरीकाले परमाणु हतियार बनाए आफ्नो सुरक्षाका लागि आफूले पनि त्यस्तो हतियार बनाउने बताएको छ । अमेरीकाको लगातारको धम्की र कदमहरुले विश्वलाई नया युद्ध र हतियारको होड तर्फ लैजाने खतरा बढेको छ ।

यसैबीच लगातार चीन विरुद्ध आक्रामक रुप अपनाएको अमेरीकाले ताईवानको मार्गबाट दुई वटा युद्धपोत चीनीया सागरमा सोमबार पठाएको छ ।
मिसाईल डिस्ट्रोयर र मिसाईल जडित युद्धपोतले चीन अमेरीकाबीच तनाव अरु बढ्न सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ