अमेरीकाले एशिया तथा प्रशान्त महासागर क्षेत्रमा ठूलो सैन्य तैनाथी गरीरहेको छ । उसको प्रमुख उदेश्य चीनसगँ द्धन्द गर्नु हो । परमाणु युद्ध कल्पना गर्न सकिने विषय हैन ।
पिल्गरले आफ्नो डकुमेन्ट्रीमा विश्वकै ठूलो सैन्य शक्ति अमेरीका र चीन युद्धको बाटोमा उन्मुख भएको संस्लेषण गरेका छन् ।
दक्षिणी चीनीया सागर युद्धको नयाँ फ्लास पोईन्ट हुन सक्छ ।
जोन पिल्गरले चीनको बढ्दो वृद्धि र विश्वव्यापी प्रभाव अमेरीकी प्रभुत्वका लागि ठूलो चुनौती भएको वासिग्टनले ठान्दछ भनेका छन् ।
यसैलाई काउन्टर गर्न बराक ओबामाले पिभोट टु एशिया शुरु गरे । यसै डिजाईन अनुसार अमेरीकी समुन्द्री सैन्य जहाजहरुको दुई तिहाई हिस्सा प्यासीफिक क्षेत्रमा पठाईएको छ । उनीहरुको हतियारको नोज चीन तर्फ सोझिएको छ ।
यदी तपाईले बेईजिगंमा अग्ला भवन देख्नु भएको छ भने त्यसबाट एशिया प्रशान्त महासागर देखिन्छ । त्याहा तपाई अमेरीकी युद्धपोत देख्न सक्नु हुन्छ । त्यसै गरी गुआममा थुप्रा मिसाईलहरु चीन तर्फ सोझ्याएर राखिएका छन् । यदी तपाई कोरीयातर्फ हेर्नु हुन्छ भने अमेरीकी हतियारहरु चीन तर्फ सोझिएको देख्नु हुन्छ । त्यसै गरी जापान त अझ अमेरीकी पञ्जा हो । चाईना मिररका लेखक जेम्स बारदेले भनेका छन् ।
निर्वाचन क्याम्पेनका बेला डोनाल्ड ट्रम्पले भनेका थिए हामी चीनलाई हाम्रो मुलुक निरन्तर बलात्कार गर्न दिने छैनौ ।
अमेरीकाले सबै खालका हतियार चीनतर्फ सोझ्याएर अघि बढीरहेको र अहिले ब्यापार युद्ध समेत गरीरहेको पृष्टभूमिमा चीनले के सोचीरहेको छ ? साउथ चाईना सीमा यदी अमेरीकासगँ सिधा युद्ध भए परिणाम के होला ? यो अनुमान गर्न गाह्रो छ तर यो अनुमान गरिदैछ कि यदी अमेरीका र चीनबीच साउथ चाईना सीमा युद्ध भए त्यो संसारको अर्को ठूलो युद्ध हुने छ ।
अलजजिरामा प्रशारित रिपोर्टको सम्पादित अंशमा आधारीत