उ डुबिरहेको छ , उ डुबिरहेको छ । एक महिलाले बेस्सरी चिच्याए पछि चार जना गएर पानीमा तैरिदै गरेका दुई बच्चाको उद्धार गर्दछन् ।
गरीबी , अपराध र अस्थीरताका कारण होन्डुरसका हजारौ मानिसहरु अमेरीका तर्फ पलायन भईरहेका छन् । उनीहरु ग्वाटेमालाबाट मेक्सिको हुदै अमेरीका छिर्ने गर्दछन् ।
मेक्सिको सम्म पुग्न पनि कति जोखिम उठाउनु पर्दछ । कोही नदीबाट तर्दछन् त कोही रातभरी पुलमै बस्दछन् । गत शनिबार देखि सयौ आप्रवासीहरु पुलमै बसिरहेका छन् ।
सिमा पार गरेका ९ सय जति शरणार्थीहरु पनि मेक्सिकोले नियन्त्रणमा लिएको छ र आप्रवासी कानुन अनुसार उसले उनीहरुलाई होन्डुरस फर्काउन सक्छ ।
सुचीआते नामक पुल पार गर्न मेक्सिकोले अनुमति दिनु पर्ने भएकाले थप झन्झट उनीहरुलाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline