आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुन्छा :रुस

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुन्छा :रुस

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

मस्को, रूस, ४ कात्तिक । शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ¥यावकोभले  बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो ।

विदेशमन्त्री ¥यावकोभले रूसी समाचार संस्था तासलाई भन्नुभयो, “म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।”

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गर्नुभएको छ ।

“अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,” गोर्भाचोभले इन्टरफ्याक्सलाई बताउनुभयो ।

उहाँले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताउनुभयो । “यो घोषणाले विवेकको कमीलाई देखाउँछ,” गोर्भाचोभले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी