रोनाल्डोले नयाँ कीर्तिमान बनाए

रोनाल्डोले नयाँ कीर्तिमान बनाए

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

यसै सिजन इटालियन क्लब यभेन्टस आएका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्।

सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका हुन्।

यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ। युरोपको शीर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्।

उनले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट ८४, ला लिगामा रियल म्याड्रिडबाट ३ सय ११ र युभेन्टसबाट ५ गोल गर्दै ४ सय गोल पुरा गरेका हुन्। उनले युभेण्टसका लागि मात्र १० खेलबाट पाँच गोल गरिसकेका छन् ।

रोनाल्डोलाई पछ्याउँदै गरेका बार्सिलोनाका स्टार लियोनल मेस्सीको नाममा भने ३ सय ८९ गोल छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ