विज्ञान र प्रविधि एवं विकासको क्षेत्रमा चमत्कार गर्दै गईरहेको चीनले पानीमा ल्याण्ड गर्न सक्ने घरेलु विमान बनाएको छ ।
हुवेई प्रान्तको जिगंमेनमा आज बिहान एजी ६०० कुगंलोगं नाम दिईएको ठूलो विमान अबतरण गराईएको चीनीया समाचार संस्था सिनहुवाले जनाएको छ ।
उक्त जहाज पानी तथा जमिन दुवै ठाँउमा आवस्यकता अनुसार ल्याण्ड गर्न सकिने अधिकारीहरुले जनाएका छन् ।
झाओ सेगं उक्त विमानका क्याप्टेन रहेका थिए । बोईगं ७३७ बराबरको उक्त विमानमा चार वटा ईन्जिन रहेको छ ।
यसले ५३ दशमलव ५ टन सम्मको भार सहित अवतरण गर्न सक्ने छ । समुन्द्री छालको प्रतिरोधका लागि भी आकारको संरचना बनाईएको र २ मिटर सम्मको छाललाई जहाजले थेग्न सक्ने छ ।
जंगलमा आगो लाग्दा उद्धारमा प्रयोग गर्न सकिने यो विमानले एक पटकमा १२ टन पानी बोक्न सक्ने छ । यसले ५० जना यात्रु समेत बोक्न सक्छ ।
अर्कोतिर पानी जहाजहरुको उद्धार गर्नुका साथै जलसेनाको गस्तीमा पनि सहयोग गर्न सक्ने बताईएको छ ।