भारतको अमृतसरमा हिजो दशहरा मेलामा रावणको पुत्ला दहन पछि पटका पड्काउदै रमाईरहेको मानिसहरुको भीडमा अचानक रेल आएर कुल्चिए पछि मृत्यु हुनेको संख्या सत्तरी पुगेको छ । अन्य सय बढी घाईते भएका छन् ।
सो घटनामा एक महिलाले आफ्नो डेढ वर्षको बच्चा काखमा रहेको बेला भीडले कुल्चिएर मारेको बिलौना गरेकी छन् ।
अनु नामक ती महिलाको डेढ वर्षे बच्चा रहेको र रेलको लिक बाहिर नै रमाईरहको बेला रेल आए पछि भागदौड गर्ने मानिसहरुले कुल्चिएर मारेको बताईन् ।
घाईतेहरुको अहिले स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline