एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोको रुस विरोधी कृयाकलापलाई लक्षित गर्दै यदी परमाणु युद्ध भएमा रुसीहरु शहीद भएर स्वर्गमा जाने तर दुष्मनहरु मर्ने मात्र भनी टिप्पणी गरेका छन् ।
भालदाई डिस्कसन क्लबमा भएको एउटा छलफलमा राष्ट्रपति पुटिनले रुसले कहिले पनि परमाणु युद्ध र सैन्य कार्बाहीमा अग्रसर नहुने तर प्रतिरोध आमन्त्रित हुने चेतावनी दिए ।
यो टिप्पणी अमेरीका र अन्य रुस विरोधी शक्तिलाई लक्षित रहेको छ ।
पुटिनले कसैले पनि रुस विरुद्ध परमाणु युद्ध छेडे त्यसको जवाफ दिने पनि बताए ।
यदी परमाणु युद्ध भए हामी शहीदका रुपमा स्वर्ग जाने छौ तर तिनीहरु( दुष्मनहरु ) केबल मर्ने मात्र छन् पुटिनले टिप्पणी गरे ।
रुसले विलय गराएको क्रिमियामा भएको बम विष्फोटको भोलीपल्ट पुटिनको यो प्रतिकृया आएको हो ।
रुस कुनै पनि चीजसगँ नडराउने भन्दै उनले बिशाल भुभाग हुनु, पित्रीभूमिको रक्षाका लागि जीवन बलिदान गर्ने जनता तयार रहेकाले पनि कसैले पनि रुसको केही बिगार्न नसक्ने बताएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।