अमेरीकाका पुर्व रक्षा मन्त्री एष्टन कार्टरले चीनको ब्यबहारका कारण भारत अमेरीकाको नजिक आएको जिकिर गरेका छन् ।
उनले बुधबार प्रकाशित एउटा नीति पत्रमा यस्तो उल्लेख गरेका छन् ।
कार्टरले चीन अलग थलग भएको भन्दै भारत र अमेरीका विस्वसनीय सहयोगी हुने दावी गरेका छन् ।
कुनै बेला दक्षिण एशियामा अमेरीकी प्रभावबाट आशकित भारतले आफ्नो दुई वर्षे कार्यकालमा भारतसगँ सामरीक एवं रक्षा सम्बन्ध बिस्तार भएको उनले बताए ।
दक्षीणी चीन सागर र हिमालय क्षेत्रमा चीनको व्यवहारले भारत अमेरीका तर्फ सम्बन्ध नजिक बनाउन पुगेको उनको दावी छ ।
मेक ईन ईन्डिया जस्ता मोदीको कार्यक्रमले भारत उपमहादिपमा आर्थिक एवं सामरिक शक्ति बन्ने दावी कार्टरको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline