सात प्रहरी अधिकारीको मृत्यु

सात प्रहरी अधिकारीको मृत्यु

  • बुधबार, अशोज ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

ऐबाक, अफगानिस्तान, ३० असोज । अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन् । स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ ।

सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

प्रान्तीय राजधानी ऐबाक शहरका यात्रा गरिरेहका सुरक्षा अधिकारी एम्बुस आक्रमणमा परेका प्रहरी स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन् ।

अफगानिस्तानका आगामी अक्टोबर २० मा हुनगइरहेको संसदीय निवार्चनको क्रममा आतङ्ककारी समूहले हत्या हिंसा बढाएका छन् ।

यस निर्वाचनको लागि ५४ हजार अफगान सैनिक र प्रहरी अधिकारी तैनाथ गरिएको छ । ती सुरक्षा अधिकारीले देशभर रहेका ५१ हजार मतदान केन्द्र सुरक्षाको प्रबन्ध गर्ने छन् ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ