काठमाडौं, २६ असोज ।
अमेरिकाको फ्लोरिडामा गएको माइकल नामक आँधीका कारण ३ लाख ७० हजार सर्वसाधारण बिस्थापित भएका छन् ।
२ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण ठुलो क्षति पुगेको प्रान्तका गर्भनरले बताएका छन् ।
आँधीका कारण कयौं घरहरु ध्वस्त हुनुका साथै महत्वपूर्ण सडकमा समेत क्षति पुगेको छ । स्थानीय सरकारको अनेकौं आग्रहका बाबजुद घरमा नै बसेका २ सय ८५ जना मध्ये २० जनाको सकुशल उद्धार गरेको छ । अन्यको अवस्थाबारे भने प्रष्ट पारिएको छैन ।
आँधी पछि बाढीको खतरा रहेकाले तत्काल घर नफर्कन स्थानियलाई आग्रह गरिएको बीबीसीले उल्लेख गरेको छ ।
आँधीका कारण अमेरिकामा ६ जनाको मृत्यु भएको छ । भने मध्य अमेरिकी मुलुकमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
पछिल्लो समय माइकल आँधी जर्जीया राज्य तर्फ सर्ने क्रम बढेपछि सतर्कता अपनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline