भारतमाथि प्रतिबन्ध लगाउदै अमेरीका, किन यस्तो निर्णय लिँदै छन् ट्रम्प ?

भारतमाथि प्रतिबन्ध लगाउदै अमेरीका, किन यस्तो निर्णय लिँदै छन् ट्रम्प ?

  • बिहिबार, अशोज २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

वासिंटन, असोज २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै प्रतिबन्ध लगाइने बताउनु भएको छ ।

अघिल्लो साता रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्याउने सम्झौता गरेको भारतले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने भएको हो । अमेरिकाले यसअघि नै भारतलाई रुससँग त्यस्तो सम्झौता नगर्न चेतावनी दिएको थियो ।

अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सैन्य सम्झौता गर्नुभएको थियो ।

ट्रम्पले भारतमाथि ‘काटसा’ कानून उल्लंघन गरेको आरोप लगाउँदै त्यसको परिणाम भारतले चाँडै नै थाहा पाउने बताउनु भयो ।
उक्त कानुन अन्तर्गत रुससँग हतियार खरिदमा भारतलाई छुट दिने अधिकार राष्ट्रपति ट्रम्पसँग मात्र छ । ट्रम्पले त्यस्तो छुट भारतलाई नदिइने उल्लेख गर्दै भने, ‘भारतले चाँडै नै थाहा पाउने छ, तपाईहरुले चाँडै नै देख्नुहुने छ ।’

ओभलमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग तेल खरिदका लागि भारतले देखाएको अग्रसरताका बारेमा पनि उचित समयमा उचित निर्णय लिइने बताउनुभयो ।
अमेरिकाले यस्ता कानुन उल्लंघन गर्ने मुलुकमाथि राजनीतिक, आर्थिक प्रतिबन्धहरु लगाउने गरेको छ । भारतमाथि अमेरिकाले कस्तो प्रतिबन्ध लगाउने हो भन्ने प्रष्ट भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ