कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

वासिङ्टन, २४ असोज । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि आजभोलि प्रचारप्रसारमा देश दौडाहामा हुनुहुन्छ । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताउनुभयो । संयुक्तराज्य अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव हुँदैछ ।

दुवै नेताबीच सिंगापुरमा जुन महिनामा पहिलो शिखर बैठक बसेको थियो ।

सिंगापुरको पहिलो बैठकमा कीम र ट्रम्पले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्ने विषयमा कार्य गर्ने सहमति भएको थियो । उक्त बैठकमा उत्तर कोरियाली नेता कीमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यसै साता उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गर्नुभएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेतासँगको वार्ता अत्यन्त सकारात्मक रहेको बताउनुभएको छ ।

उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने बताउँदै आएको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ